मालाले घाँटी कसेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

मालाले घाँटी कसेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले श्रीमती हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको हो ।

८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।