हिजो मात्र वृद्ध भत्ता बुझेकी वृद्धा मृत फेला, हत्याको आशंका

हिजो मात्र वृद्ध भत्ता बुझेकी वृद्धा मृत फेला, हत्याको आशंका


अर्घाखाँची ।

अर्घाखाँचीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्।

मालारानी गाउँपालिका-९ गोखुङ्गाकी ७२ वर्षीय हरिकला भुसालको शव घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरका अनुसार भुसालको हत्या भएको आशङ्का गरिएको छ। यद्यपि यसबारे यकिन भने भइसकेको छैन। ‘घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ। अनुसन्धान पछि पुष्टि हुने नै छ।’ डिएसपी राठोरले भने।

हरिकलाले हिजो मात्र सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) बुझेकी थिइन्। घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।