५ अंकले घट्यो नेप्से

५ अंकले घट्यो नेप्से


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ५.८३ अंकले घटेर एक हजार ८ सय ५८.५६ विन्दुमा बन्द भएको हो ।

आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ६ लाख १६ हजार सात सय कित्ता शेयर १४ करोड ६० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।