७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख १५ हजारमा कारोबार भएको सुन आज १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार १५० कायम भएको छ ।

यस्तै आज चाँदी २० रुपैयाँले बढेको छ । हिजो १३ सय ८५ रुपैयाँमा कारोबार भएको सुन आज १४ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।