भिजन लुम्बिनी ऊर्जाको आइपिओ खुल्यो

भिजन लुम्बिनी ऊर्जाको आइपिओ खुल्यो


काठमाडौं ।

सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा आवेदन खुलेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आइपिओ खुलेको हो । कात्तिक २० गतेसम्म आइपिओमा आवेदन दिन सकिनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको हो ।

आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।