पर्यो त चिरख्वा हाइड्रोको आइपिओ ?

पर्यो त चिरख्वा हाइड्रोको आइपिओ ?


काठमाडौं ।

चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ ।

कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आइपिओ पाएका छन् ।

कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो । कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै आइपिओ पाएका हुन् । कम्पनीले कात्तिक २३ देखि २६ गतेसम्म आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।

आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।