आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदी १४ रुपैयाँले घटेको छ । हिजो १४ सय ५ रुपैयाँमा कारोबार भएको सुन आज १३ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।