एक्यूफिट स्मार्टवाच खरिद गर्दा मोबाइल फोन सित्तैमा

एक्यूफिट स्मार्टवाच खरिद गर्दा मोबाइल फोन सित्तैमा


काठमाडौं

टेक स्टुडियो प्रा लिमिटेडले ‘एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा मोबाइल फोन पाउनुहोस् भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ ।

यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्दछ ।

चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः ३ हजार ९ सय ९९, ४ हजार ९ सय ९९ र ६ हजार ९ सय ९९ तोकिएको छ ।

एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन निस्शुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) को खरिदमा निस्शुल्क उपलब्ध गराइनेछ ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १ हजार ५ सय, १ हजार ८ सय र २ हजार रुपैयाँ तोकिएको छ । यो प्रस्ताव नोभेम्बर १ तारिख २०१३ अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ।