कपनमा सिप्रदीको नयाँ प्रविधिसहितको सर्भिस सेन्टर खुल्यो

कपनमा सिप्रदीको नयाँ प्रविधिसहितको सर्भिस सेन्टर खुल्यो


काठमाडौं ।

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँको कपनमा नयाँ प्रविधिसहितको सर्भिस सेन्टर उद्‌घाटन गरेको छ।

मंगलबारबाट पूर्ण रूपमा सञ्चालन गर्नेगरी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

टाटाले प्यासेन्जर भेहिकलको बजार हिस्सा बढ्दै जाँदा नयाँ सर्भिस सेन्टर थप्दै गएको छ।

सिप्रदीका सर्भिस हेड कुमार भण्डारीले मंगलबारबाट सर्भिस सेन्टर सञ्चालनमा आउने बताए। उनले विद्युतीय गाडीलाई प्राथमिकता राखेर वर्कशप सञ्चालन गरिएको बताए।

‘सर्भिस सेन्टरमा विद्युतीयसँगै अरू गाडी आए पनि हेर्छौं,’ भण्डारीले भने,‘आईस गाडी सर्भिसको लागि आए पनि सेवा दिन सक्छौं।’

यहाँ एक पटकमा १२ वटा गाडी राखेर सर्भिस गर्न सक्ने अवस्था रहेको छ भने दैनिक ६० देखि ७० वटा गाडीको सर्भिस गर्ने क्षमता छ।

यो सर्भिस सेन्टरबाट कपन आसपासका टाटाका ग्राहकले फाइदा लिन सक्नेछन्। सर्भिस सेन्टरमा नयाँ प्रविधिका उपकरण र जनशक्ति तयार परिएको सिप्रदीले जनाएको छ।