आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन ४ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १४ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।