प्रिमियममा आइपिओ निष्कासन गर्दै अल्फा क्यापिटल

प्रिमियममा आइपिओ निष्कासन गर्दै अल्फा क्यापिटल


काठमाडौँ ।

श्री अल्फा क्यापिटल लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आगामी मंसिर १२गते सभा गर्न लागेको हो । सभा काठमाण्डौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे शुरु हुनेछ ।

साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आइपिओ निष्कासन गर्ने प्रस्ताव समावेश छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।

अन्य प्रस्तावमा समान उद्देश्य भएको अन्य कम्पनीलाई गाभ्ने, कम्पनीको पूँजी बृद्धि, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनीको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने लगायत छन् ।