आज १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन १ हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १३ हजार १५० कायम भएको छ ।

यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।