धनतेरसमा बढ्याे सुनकाे भाउ, कतिमा हुँदै छ काराेबार ?

धनतेरसमा बढ्याे सुनकाे भाउ, कतिमा हुँदै छ काराेबार ?


काठमाडाैँ ।

तिहारकाे पूर्वसन्ध्यामा पर्ने धनतेरसका दिन सुनचाँदीकाे मूल्यमा वृद्धि भएकाे छ ।

लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला हजार रुपैयाँ बढेर १ लाख १४ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै तेजाबी सुनकाे मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ ताेकिएकाे महासंघले जनाएकाे छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।