३ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

३ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ३.३३ अंकले बढेर एक हजार आठ सय ४१.०४ विन्दुमा कायम भएको हो ।

बुधबार ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १.२१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.७० प्रतिशतले घटेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ९ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु सात करोड ३४ लाख ४९ हजार १७ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंक प्रमोटर शेयर एक लाख ८० हजार एक सय पाँच कित्ता शेयर किनबेच भएको छ ।