नेपालमै बन्न थाल्यो रेड बुल

नेपालमै बन्न थाल्यो रेड बुल


काठमाडौं ।

रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ ।

रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री संचालनमा ल्याएको हो ।

फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।

उद्घाटन समारोह, माननिय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य तथा टीसीपीका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरुको उपस्थितिमा भएको थियो ।

अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ ।

रेडबुलको नेपालमा स्थानिय रुपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको छ ।

साथै यसले ब्रान्डको स्थानीय रुपैमा उत्पादन, स्रोतसाधनहरुको सशक्तिकरण तथा वातावरणीय दिगोपनप्रति प्रतिबद्धता दर्शाउँछ ।

प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल, विश्वको चौथौं देश हो ।पहेंलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम तथा चीन पश्चात नेपाल रहेको छ ।