फेरि बढ्याे सुनकाे भाउ, कति छ मूल्य ?

फेरि बढ्याे सुनकाे भाउ, कति छ मूल्य ?


काठमाडाैँ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएकाे छ ।

बिहीबारकाे तुलनामा शुक्रबार प्रतितोला २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।