सेयर बजार ६ महिनायताकै उच्च, २ वर्षयताकै सर्वाधीक कारोबार

सेयर बजार ६ महिनायताकै उच्च, २ वर्षयताकै सर्वाधीक कारोबार


काठमाडौं ।

मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेको छ।

यसदिन नेप्से २.५७ प्रतिशतले बढेर २१७५.१७ बिन्दुमा बन्द भएको छ।

मंगलबारको बजारमा करिब २ वर्षयताकै उच्च कारोबार भएको छ। यसदिन बजारमा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको सेयर कारोबार भएको छ।

यसअघि २०७८ को माघ २० गते ८ अर्ब ६१ कराेड २१ लाखभन्दा बढीको कारोबार भएको थियो। मंगलबारको कारोबार भएको रकम त्यसयताकै उच्च हो।

मंगलबारको बजारमा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्तात् आइतबार ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको सेयर कारोबार भएको थियो।
आइतबारको तुलनामा आज कारोबार रकम २ अर्ब ५७ करोड रूपैयाँ बढी हो।

यस दिन ३०४ वटा धितोपत्रको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन १२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्टक्चर र नेपाल वयर हाउजिङको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९.९९ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। उक्त बण्डको मूल्य ८४१ रूपैयाँ ६० पैसा कायम भएको छ।

यस्तै, हिमालयन ८०–२० को इकाइमूल्य ९.७० प्रतिशतले घटेको छ। उक्त योजनाको प्रति इकाइ मूल्य ९ रूपैयाँ ०३ पैसा पुगेको छ।

मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँमा २८ करोड ३१ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.७८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४५ रूपैयाँमा २३ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार वित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन लगानी समूहको परिसूचक ३.७० प्रतिशत, जलविद्युत समूहको परिसूचक ३.५१ प्रतिशत र लघिुवित्त समूहको परिसूचक ३.०२ प्रतिशतले बढेको हो।