आइपिओ निष्कासन गर्दै २ कम्पनी

आइपिओ निष्कासन गर्दै २ कम्पनी


काठमाडौँ ।

समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको हो ।

सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपिओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

यस्तै नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।

उक्त कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने बतााएको छ ।