७ अंकले घट्याे नेप्से, ४ कम्पनीमा सर्किट

७ अंकले घट्याे नेप्से, ४ कम्पनीमा सर्किट


काठमाडाैं ।

बिहीबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५ विन्दुमा आइपुगेको छ।

बजार घटेपनि कारोबार रकम उच्च नै छ। बिहीबार ८ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ।

बजार घटेको समयमा पनि चार कम्पनीको सेयरमा मूल्य बढेर सर्किट लागेको छ। यसरी १० प्रतिशतको दरमा मूल्य बढेर सर्किट लाग्ने कम्पनीहरूमा रिडी हाइड्रो, सिनर्जी पावर, माहुली लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्था हुन्।

कारोबारमा आएका दुई सय ९८ वटा सेयर कारोबारमा एक सय २४ वटाको मूल्य बढेको छ भने एक सय ६५ वटाको मूल्य घटेर कारोबार भएको छ।

हिमालयन रि इन्स्योरेन्स, सोनापुर मिनिरल्स, ङादी ग्रुप पावर लगायतको कारोबार उच्च भएको छ। यी कम्पनीको २३ करोडदेखि एक अर्ब ८४ करोड रूपैयाँसम्म कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको एक अर्ब ८४ करोड रूपैयाँको सेयर कारोबार भएको हो।