दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार


काठमाडौं ।

साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।

उक्त दिन बजार २५.६३ अंकले घटेर २१३० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५६ करोड ७९ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अपी पावर कम्पनीको २० करोड ८२ लाख ३० हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड १३ लाख ४८ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १९ करोड ८८ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्त, आँखुखोला जलविद्युत कम्पनी, हिमालयन लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.७८ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घटेको हो । त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीको ७.२६ प्रतिशत, बाराही हाइड्रोपावरको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।