धितोपत्र बोर्डकाे निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई

धितोपत्र बोर्डकाे निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको पदको जिम्मेवारी डा. नवराज अधिकारीलाई दिइएको छ ।

आइतबार मन्त्रिस्तरिय निर्णयले उनलाई अर्थमन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

जसअनुसार नेपाल धितोपत्र बोर्ड गत पुस २० गतेदेखि नेतृत्वविहीन छ ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।