झिनो अंकले घट्यो नेप्से

झिनो अंकले घट्यो नेप्से


काठमाडौं ।

नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।