लगातार सातौं दिन पनि घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

लगातार सातौं दिन पनि घट्यो नेप्से, पौने ४ अर्बको कारोबार


काठमाडौँ ।

नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।

बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ ।

बैंकिङ २, विकास बैंक ६, फाइनान्स २ र ब्यापार समूह १४ अंक बढे । होटल तथा पर्यटन ५८, हाइड्रोपावर ०.४, जीवन बीमा ४५, उत्पादन ५, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ४७ र अन्य समूह ९ अंक घटे ।

सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोको ८.७, इनिफिनिटी लघुवित्तको ८.१, नेपाल हाइड्रो डेभलपरको ७, मनकामना स्मार्ट लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको मूल्य ४.३, माहुली लघुवित्तको ४.१, तेह्रथुम पावरको ४, सिर्जनशील लघुवित्तको ३.८ तथा हाथवे इन्भेस्टमेन्टको ३.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली, अपी पावर र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।