दोहोरो अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार


काठमाडौं ।

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।