दाेहाेराे अंकले बढ्याे नेप्से, ५ अर्बबढीकाे काराेबार

दाेहाेराे अंकले बढ्याे नेप्से, ५ अर्बबढीकाे काराेबार


काठमाडाैँ ।

सेयर कारोबार मापक नेप्से परिसुचक आज पनि १४.८८ अंकले बढेको छ ।

याेसँगै नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा कायम भएको छ।

आज कुल १५२ वटा कम्पनीको मूल्य बढ्यो भने ८५ वटा कम्पनीको मूल्य घट्यो । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँमा खरिदबिक्री भए ।

होटल तथा पर्यटन ८७.९२, जलविद्युत् ३९.१८, उत्पादन तथा प्रशोधन ३८.९८ प्रतिशतले बढ्यो ।

बैकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बिमाको उपसमूह घट्यो । सबैभन्दा बढी माइक्रोफाइनान्स ११.६२ अंकले घट्यो ।