भारतीय चर्चित मोडेल पूनम पाण्डेको निधन

भारतीय चर्चित मोडेल पूनम पाण्डेको निधन


एजेन्सी ।

भारतीय चर्चित मोडेल पूनम पाण्डेको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको हाे ।

३२ वर्षीय भारतीय मोडेल पाण्डेको निधन बारे परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत जानकारी दिएका हुन् ।

पाण्डे लामाे समउदेखि पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।

पूनम सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् । उनी बोल्ड सिन र अभिव्यक्तिका कारण बारम्बार विवादमा पनि आउने गरेकी थिइन् ।

११ मार्च १९९१ मा कानुपुरमा जन्मेकी पाण्डेले आफ्नो करिअर मोडलिङबाट सुरु गरेकी थिइन् भने सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।