काठमाडाै । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा चरम ढिलासुस्ती गरी फोन बन्द गरेर सम्पर्कविहीन बनेका जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी लगाएर नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालय पुर्याइएको छ।
प्रधानमन्त्री बालेन शाहको ठाडो आदेशमा काठमाडौँ उपत्यकाबाहिरबाट बिहीबार नियन्त्रणमा लिइएका दुवै उच्चपदस्थ कर्मचारीलाई शुक्रबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गराइएको हो।
नेपालको प्रशासनिक इतिहासमै यसरी प्रहरी परिचालन गरेर विभागीय प्रमुख र आयोजना निर्देशकलाई अपराधीलाई झैँ प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको यो पहिलो घटना हो।
राष्ट्रिय आयोजनाहरूमा ढिलासुस्ती गर्ने, जवाफदेही नहुने र सम्पर्क छाडेर भाग्ने कर्मचारीतन्त्रको रवैयाविरुद्ध प्रधानमन्त्री बालेन शाहले अपनाएको यो अप्रत्याशित र कडा ‘एक्सन’ले सिंहदरबारका सुस्त र भ्रष्ट संयन्त्रहरूमा ठूलो त्रास र तरङ्ग पैदा गरिदिएको छ।

प्रतिक्रिया