आइतबार ५ अंकले घट्यो नेप्से, ३ अर्बबढीकाे काराेबार

आइतबार ५ अंकले घट्यो नेप्से, ३ अर्बबढीकाे काराेबार


काठमाडौं ।

आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ ।