सामान्य अंकले बढ्याे नेप्से परिसूचक

सामान्य अंकले बढ्याे नेप्से परिसूचक


काठमाडौं ।

नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।