हिमालयन रि–इन्स्योरेन्सले सेयरधनीलाई ४० करोड बराबरको बोनस सेयर दिने

हिमालयन रि–इन्स्योरेन्सले सेयरधनीलाई ४० करोड बराबरको बोनस सेयर दिने


काठमाडौं ।

हालै आइपिओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर घोषणा गरेको हो ।

साथै कम्पनीले कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८९ रुपैयाँ छ ।