क्यानडाविरुद्ध नेपालको क्लिनस्विप

क्यानडाविरुद्ध नेपालको क्लिनस्विप


काठमाडाैँ ।

क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिज नेपालले क्लिनस्विप गरेकाे छ । यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो।

नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्।

साथै दुईबीच नेपालका अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भयो। उनीहरुले नटआउट १८९ रनको साझेदारी भयो।यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए।