उपचार अभावमा पोर्चुगलमा बिचल्ली परेकी सुस्मिताले पाइन सहयाेग

उपचार अभावमा पोर्चुगलमा बिचल्ली परेकी सुस्मिताले पाइन सहयाेग


पोर्चुगल ।

उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्विट्जरल्यान्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्विट्जरल्यान्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली संघ स्विट्जरल्यान्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा २ हजार २४६ युरो आर्थिक संकलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो । स्विट्जरल्यान्डका नेपाली समुदायसँग संकलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा २ वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार आएपछि औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।