दोहोरो अंकले बढ्याे नेप्से

दोहोरो अंकले बढ्याे नेप्से


काठमाडौं ।

नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर छ ।