गजल गायक पंकज उदासको निधन

गजल गायक पंकज उदासको निधन


मुम्बई ।

मशहूर गजल गायक पंकज उदासको निधन भएको छ ।

उनको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।

उनी केही दिनदेखि बिरामी थिए । पंकज उदासले चर्चित गजल चिठी आयी बाट निकै चर्चा पाएका थिए ।

उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

१९५१ मा जन्मीएका पंकजका आहिस्ता, जिए तो जिए कैसे, ना कजरे की धार लगायतका सयौं गीत चर्चित रहेका छन् ।