वरिष्ठ गायक भक्तराज आचार्यको निधन

वरिष्ठ गायक भक्तराज आचार्यको निधन


काठमाडाैँ ।

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ।

सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनकाे निधन भएको हो।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने छ।

वि.सं. १९९९ साल असोज १६ गते जन्मिएका आचार्यलाई नेपाली संगीत क्षेत्रमा भजन शिरोमणिका रूपमा चिन्ने गरिन्छ।

‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘हजार सपना’, ‘माया मेरी साँझ बनी’, ‘जीवन भन्नु त’, ‘यहाँ जिन्दगीले’लगायत झन्डै ५ सय गीतमा आचार्यले आवाज दिएका छन्।

स्वर्ण पदक, छिन्नलता पुरस्कार गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, इमेज लाइफ टाइम अवार्डलगायत दर्जनौँ अवार्डले सम्मानित आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो।