जितका लागि नेपालले पायाे २०७ रनको विशाल लक्ष्य

जितका लागि नेपालले पायाे २०७ रनको विशाल लक्ष्य


काठमाडौं।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत भइरहेकाे खेलमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो।

नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।