सिटिजन लाइफ इन्स्योरेन्सकाे बोनस सेयर नेप्सेमा सूचीकृत

सिटिजन लाइफ इन्स्योरेन्सकाे बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

१८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।