१२ बज्दै सेयर बजार बन्द

१२ बज्दै सेयर बजार बन्द


काठमाडाैं ।

आज सेयर बजारमा उछाल देखिएको छ । सेयर बजारमा तेस्रोपटक सर्किक ब्रेक लागेसँगै आज दिनभरीका लागि कारोबार बन्द भएको छ ।

नेप्से परिसूचक ११७.७० प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको हो ।

आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको थियो ।

पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।