सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट शुक्रबार

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट शुक्रबार


काठमाडौं ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आइपिओ बाँडफाँट हुने जनाएको छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी दिइन् ।

सर्वोत्तमको आइपिओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।

कम्पनीको आइपिओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् । बुक बिल्डिङ निर्देशिकाअनुसार न्यूनतम ५० कित्ताका लागि नै आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता नै दिइनुपर्ने व्यवस्था छ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आइपिओ खुलाएको थियो ।