९ अंकले बढ्याे नेप्से, ३ अर्बबढीकाे काराेबार

९ अंकले बढ्याे नेप्से, ३ अर्बबढीकाे काराेबार


काठमाडौं ।

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल ९.३३ अंकले  बढेको छ।

अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले घटेको बजारमा आज एकल अंकको सुधार आएको हो ।

आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा खरिदबिक्री भयाे ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो ।  सो कम्पनीको ३३ करोड ३७ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको २७ करोड मूल्य बराबरको कारोबार हुँदा हिमालयन रिइन्स्योरे‍न्सको १३ करोड, घोराही सिमेन्ट इन्डस्ट्रीको १२ करोड र एनआरएन ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।