मौषम सुधारसगै मुस्ताङमा पर्यटकको घुइँचो

मौषम सुधारसगै मुस्ताङमा पर्यटकको घुइँचो


मुस्ताङ । मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । मौषममा केहि सुधार आउनासाथ मुस्ताङका मुक्तिनाथसहित कोरला नाका, लोमान्थाङ दरबार, कागबेनी पुग्ने पर्यटकको संख्या बढेको हो । पछिल्ला दिनमा मुक्तिनाथ दर्शन गर्नेको संख्या बढेको मुक्तिनाथ मन्दिर विकास समितिले जनाएको छ ।

मुस्ताङको मुक्तिनाथसहितको लोमान्थाङ, कागबेनीदेखि कोरला नाकासम्म पुग्नेको संख्या बढेको छन् ।

मुस्ताङ भित्रिनेको संख्या पनि दैनिक ३ हजारभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । शुक्रबार र शनिबार ४ हजारभन्दा धेरै पर्यटक मुस्ताङ भित्रिेएक छन् । भने आइतबार २ हजार प्लस पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको दावी छ ।

मुस्ताङ भित्रिने पर्यटकमध्ये ७० प्रतिशत नेपाली रहेको छ । सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, स्कुल, कलेजका आन्तरिक पर्यटकको लर्को लागेको हो ।