काठमाडौं । एनपीएल ३ को तेस्रो दिन बुधबार पोखरा एभेन्जर्सले पावर प्लेमा ५१ रन बनाएको छ ।
सुदूरपश्चिम रोयल्सविरुद्ध पोखराले २ विकेट गुमाएर ५१ रन बनाएको हो । महेदी हसन ३२ रन बनाएर आउट भए ।
तेस्रो ओभरमा पोखराका ओपनर दिनेश खरेल हेमन्त धामीको बलमा विकेट किपरबाट समातिए । पोखराका कप्तान कुशल भुर्तेल आजको खेलमा ओपनिङमा नआएर वन डाउनमा आएका थिए । तर, उनी धामीको पहिलो बलमै अम्पाएरबाट एलबीडब्ल्यू आउट दिइए । तर, एनपीएलमा यो सिजनबाट लागू गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) ले भुर्तेललाई गोल्डेन डक हुनबाट जोगाएको छ ।
अघिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गर्न नसकेका भुर्तेलमाथि यो सिजमा थप दबाब छ । त्यसमाथि आज पहिलो खेलमा पहिलो बलमै उनलाई आउट दिइएको थियो ।
तर, धामीको बलले लेग स्टम्प छोडेको पाइएपछि अम्पाएर निर्णय परिवर्तन गर्न बाध्य भए ।
गत वर्षको उपविजेता रोयल्स पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।

प्रतिक्रिया