यो पपुलिष्ट सरकारलाई कसरी हुन्छ सबक सिकाउनैपर्छः ओली

यो पपुलिष्ट सरकारलाई कसरी हुन्छ सबक सिकाउनैपर्छः ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार काममा शून्य तर सामाजिक सञ्जाल र फेसबुक स्टन्टमा मात्र सीमित भएको भन्दै कडा आलोचना गरेका छन्। सरकारले जनताका वास्तविक समस्या समाधान गर्नुको साटो सञ्जालमा भ्रम फैलाउने काम मात्र गरिरहेको आरोप लगाउँदै उनले यस सरकारलाई जसरी हुन्छ सबक सिकाउनुपर्ने बताए।

अध्यक्ष ओलीले डेलिभरी र नतिजाका हिसाबले शून्य साबित भइसकेको सरकारलाई अब चुपचाप हेरेर नबस्ने चेतावनी दिएका छन्। सरकारका गलत कदम र प्रचारबाजीलाई सडक तथा राजनीतिक मोर्चाबाटै कडा काउन्टर दिँदै नसिहत दिन सम्पूर्ण पार्टी पंक्ति र सर्वसाधारणलाई उनले आह्वान गरेका छन्।