पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।

पोखरा एभेन्जर्सका महेदी हसनले ३२ रन बनाए । महेदीले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाए ।

पोखराका कप्तान कुशल भुर्तेलले १७ बलमा दुई चौकासहित २१ रन जोडे । अर्जुन घर्तीले २५ बलमा ४० रन बनाए ।

धनञ्जय लक्षण १६ बलमा ११ रन बनाएर आउट भए । शाकिब अल हसनले १६ बलमा १४ रन बनाए भने सदीरा समरविक्रमाले नौ बलमा आठ रन जोडे । ओपनर दिनेश खरेल सात बलमा चार रन बनाएर आउट भए ।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले तीन ओभरमा १४ रन दिएर एक विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २१ रन खर्चेर एक विकेट हात पारे ।

स्कट कुगेलाइनले ४९ रन खर्चिएर विकेट लिए । साइफ जैबले दुई ओभरमा १३, र इशान पाण्डेले एक ओभरमा आठ रन दिए ।