सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट


काठमाडौं ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आइपिओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरू कुल ९३८ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आइपिओ पाएका छन् । उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

५० कित्ताका दरले सेयर पाएकामध्ये ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गर्दा २६ जनाले थप १–१ कित्ताका दरले आइपिओ पाएका हुन् ।कम्पनीले कुल कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बाँडफाँट गरेको हो । सोही संख्याका लागि आवेदन माग गरिएको थियो । रितपूर्वक आवेदन दिएका ९ लाख ३ हजार ४३८ जनाको हात रित्तो भएको छ ।

आइपिओको नतिजा केही घण्टापछि आइपिओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आइपिओ खुलाएको थियो ।