२२ अंकले बढ्याे नेप्से, २ अर्ब ९२ करोडकाे काराेबार

२२ अंकले बढ्याे नेप्से, २ अर्ब ९२ करोडकाे काराेबार


काठमाडौं ।

आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेको छ।

यसदिन नेप्से १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ।

आइतबारको बजारमा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २७ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०४ वटा धितोपत्रको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ८६९ रूपैयाँ र एक हजार १४८ रूपैयाँ ४० पैसा कायम भएको छ।

चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ६३२ रूपैयाँमा झरेको छ।

यस्तै, पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.९५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२५ रूपैयाँ ५० पैसा कायम भएको छ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५३७ रूपैयाँमा २२ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.८७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०७ रूपैयाँ ४० पैसामा १८ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.१२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ।