पोर्चुगल पुगेका टेकबहादुरको शव समुद्रमा भेटियो

पोर्चुगल पुगेका टेकबहादुरको शव समुद्रमा भेटियो


काठमाडौं ।

करिब २ साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ ।

सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो । उनको शव समुद्री किनारमा भेटिएको बताइएको छ ।

उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५ कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला मृत्यु भएको थियो ।