राष्ट्रियसभा सदस्यमा एमालेकी अन्जान शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा एमालेकी अन्जान शाक्य मनोनीत


काठमाडौं ।

राष्ट्रिय सभा सदस्यमा डा‍. अन्जान शाक्य मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्।

३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।