नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य


Rohit Kumar Paudel (C) of Nepal and Muhammad Waseem (c) of United Arab Emirates at the toss during the ACC Men’s Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ ।

नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्यसम्म नै दबाबमा देखिएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २-२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।