वीरेन्द्र तालमा हिमपहिरो- एउटा पुल बगायाे, सतर्क रहन गृहकाे आग्रह

वीरेन्द्र तालमा हिमपहिरो- एउटा पुल बगायाे, सतर्क रहन गृहकाे आग्रह


काठमाडाैँ ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल पनि बगाएको छ ।

हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको थियाे ।

वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहेन गृह मन्त्रालयले आग्रह गरेको छ।

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हाे । वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।